SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

उत्पादन र रोजगारीकेन्द्रित आयोजनाको अभावले अर्थतन्त्र असन्तुलित बनेको छ : सांसद तामाङ

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्याउन नसकेको बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले ठूला आयोजनाहरूले मुलुकको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारे भन्ने विषयमा गहन विश्लेषणको अभाव रहेको उल्लेख गरे ।