महानगर सफा राख्ने जिम्मेवारी हामी नागरिककै हो: जितु नेपाल
काठमाडौं । कलाकार जितु नेपालले काठमाडौं महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालले महानगरमा पार्किङको समस्या रहेको बताए ।
