SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

अमेरिकी सेनाद्वारा इरानमाथि थप हवाई आक्रमण

एजेन्सी । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्ट्रोम) ले आईतवार इरानका लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण शुरु गरेको छ । हर्मोज जलडमरू भएर यात्रा गर्ने व्यावसायिक जहाज र गैरसैनिक नाविकहरूमाथि इरानको आक्रमण गर्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो सैन्य कारबाही गरिएको अमेरिकी सेनाले जनाएको छ ।