SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

विश्वकप खेल्ने इजिप्टको राष्ट्रिय फुटबल टोली राष्ट्रपतिद्वारा सम्मानित

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सन् २०२६ को फिफा विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको भन्दै शनिवार राष्ट्रिय फुटबल टोलीका खेलाडी, प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई सम्मान गरेका छन् । न्यु अलामेन शहरमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति सिसीले टोलीलाई ‘मेरिट कप’ र विभिन्न मानपदवी प्रदान गरेका हुन् ।