SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०३:५८ AM · 1 मिनेट पढाइ

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन र तनाव कम गर्न आग्रह

एजेन्सी । पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इसहाक डारले आईतवार संयुक्त राज्य अमेरिका र इरानलाई तनाव न्यूनीकरण गर्न र संयमता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री डारले इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीसँगको टेलिफोन कुराकानीका क्रममा विकसित क्षेत्रीय परिस्थितिबारे विचार आदानप्रदान गरेका थिए ।