SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी

इनरुवा । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिए ।