SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

ढोरपाटन । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो । चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न पनि श्रीमान् र परिवारमै भर पर्नुपर्ने अवस्था थियो । तर अहिले उनीहरू खाद्यबालीमात्रै खेती गर्दैनन् ।