SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०१:१७ AM · 1 मिनेट पढाइ

काठमाडौंमा डेनिस रंगकर्मी सिग्नेको ‘क्लाउन शो’ (तस्बिरहरू)

काठमाडौं। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबार डेनमार्ककी रङ्गकर्मी सिग्ने ग्राभलुन्ड थोम्सेनले विशेष ‘क्लाउन शो’ प्रस्तुत गरेकी छन्। संवादविना शारीरिक हाउभाउ, अभिनय, लय र सहज हास्यमा आधारित उनको प्रस्तुतिले बालबालिकादेखि वयस्कसम्मका दर्शकलाई आकर्षित गरेको थियो। दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनले हाँसो र मनोरञ्जनका विविध क्षण सिर्जना गरिन्।