भानु जयन्तीमा राष्ट्रपतिको सन्देश : मातृभाषा संरक्षण गर्नु सबैको दायित्व हो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सबै भाषाभाषी समुदायलाई आ–आफ्नो मातृभाषाको संरक्षण र संवर्द्धनमा समर्पित हुन आह्वान गरेका छन्। सोमबार जारी शुभकामना सन्देशमा राष्ट्रपतिले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख गरेका छन्।
