SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

गणेश नेपालीको अन्तिम दाहसंस्कार भोलि पशुपति आर्यघाटमा गरिने

काठमाडौं । आत्मदाहको प्रयास पछि निधन भएका मुगुका गणेश नेपालीको अन्तिम दाहसंस्कार सोमबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिने भएको छ । परिवारिक स्रोतका अनुसार श्रद्धाञ्जली पछि धार्मिक परम्पराअनुसार उनको आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको हो । गणेश नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।