SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

काठमाडौं । सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।