SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

‘स्याल सिंह’को च्यारिटी शोबाट ‘द इनेट सोल’लाई आर्थिक सहयोग

काठमाडौँ । एक थिएटर नेपालको प्रस्तुति नाटक ‘स्याल सिंह’ले असार २९ गते थाइल्यान्डको बैंककमा आयोजना हुने ‘द इनेट सोल’ समूहको सहभागिताका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले च्यारिटी शो सम्पन्न गरेको छ । नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड अफ डान्स २०२६ संस्करणमा सहभागी हुन जाने उक्त समूहले यसअघि पनि आर्थिक सहयोगका लागि आह्वान गरेको थियो ।