SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श नियमावली संशोधन गर्न माग, विवादास्पद व्यवस्था फिर्ता नलिए आन्दोलनको चेतावनी

काठमाडौँ। शैक्षिक परामर्श क्षेत्रमा कार्यरत विभिन्न सङ्घ–संस्था तथा व्यवसायीहरूको संयुक्त बैठकले सरकारले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ तत्काल पुनरावलोकन तथा संशोधन गर्न माग गरेको छ। संयुक्त प्रेस विज्ञप्तिमार्फत उनीहरूले हालको नियमावलीका केही प्रावधान अव्यवहारिक, निजी क्षेत्रमैत्री नभएको र विद्यार्थी, अभिभावक, रोजगार तथा लगानीमा नकारात्मक असर पार्ने दाबी गरेका छन्।