SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

भानुको सम्झनामा ! (कविता)

भाषावाङ्मयका प्रभाकर बनी आलोक छर्दै नयाँ ।नौलो मार्ग हिँडी दिवाकर भयौ बाँडेर सद्भावना ।।लेख्यौ रामकथा व्यथा दुख हटून् अज्ञान कोलाहल ।चोखा उच्च विचार चम्चम भए भाषा बनोस् मौलिक ।।