SHARE
गोरखापत्र · शुक्रबार​ २६ असार २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

स्पेनमा भएको आगलागीबाट १२ जनाको मृत्यु

म्याड्रिड, असार २६ गते । स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ ।