SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

कोशीको नयाँ स्वास्थ्य नीति सार्वजनिक

विराटनगर : कोशी प्रदेशको नयाँ स्वास्थ्य नीति आइतबार सार्वजनिक गरिएको छ। कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको हो। प्रदेशका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित शारीरिक मात्र नभएर मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर नीति तयार पारिएको प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले बताए।