कङ्गोमा इबोला प्रकोप तीव्र, संक्रमितको संख्या १७०० पुग्यो: डब्ल्यूएचओ
एजेन्सी । कङ्गो लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा एक हजार ७०० भन्दा बढी मानिसहरुमा इबोला सङ्क्रमण पुष्टि भएको जनाउदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ । कङ्गोमा ५८० जना सङ्क्रमितको मृत्यु भएकासहित एक हजार ७०८ जनामा सङ्क्रमण पुष्टि भएको रिपोर्ट गरेको अधिकारीहरूले बताएका छन् ।
