SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि-२०८३’ प्रति निजी क्षेत्रको असहमति, मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

काठमाडौँ । ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ सम्बन्धमा निजी क्षेत्रको असहमति देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल–इप्पानले उक्त विधिमाथि असहमति जनाउँदै आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।