SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह

काठमाडौं । नेपाल खानेपानी संस्थानका निमित्त महाप्रवन्धक शैलेन्द्रप्रसाद साहले नगर क्षेत्रभित्र वितरण भइरहेको खानेपानीको गुणस्तर मापदण्ड अनुसार नै रहेको दाबी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा आफ्नो धारणा राख्दै उनले मुहान संरक्षण र गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितको व्यवस्थापन कार्य अघि बढिरहेको जानकारी दिएका हुन् ।