मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि दुई वर्ष लाग्ने
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि आगामी दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आयोजनाको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी दिँदै कार्यकारी निर्देशक उपाध्यायले स्थायी हेडवर्क्स निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।
