SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

मानवअधिकार आयोगका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक छैनः अध्यक्ष मगर

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकारसमक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । उनले आयोगले सरकारसमक्ष गरेका सिफारिसमध्ये १३ प्रतिशत सिफारिस मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताए ।