बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
जनकपुरधाम । बिहानको झिसमिसेमै धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरका रागेश्वरी कुमारी दनुवारको बाख्रा खोरबाट मिमियाहट सुनिन्छ । हातमा घाँसको बोरा बोकेर खोरतर्फ लागेकी दनुवारको अनुहारमा अहिले फरक आत्मविश्वास झल्किन्छ । केही वर्षअघि आर्थिक अभावको चिन्ता देखिने उनको अनुहारमा अहिले छुट्टै किसिमको चमक देखिन्छ । दैनिक घर खर्च जुटाउन सङ्घर्ष गर्दै आएका दनुवारको भविष्य अन्योलमा थियो ।
