मुहान क्षेत्रका बासिन्दाले पानी नपाए मेलम्चीको आपूर्ति रोक्छौँ: राजुनाथ पाण्डे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका स्थानीयले खानेपानी नपाए काठमाडौंतर्फको पानी आपूर्ति नै रोक्ने चेतावनी दिएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सुन्दरीजल र गोकर्णेश्वर क्षेत्रका स्थानीय बासिन्दा आफ्नै क्षेत्रमा रहेको आयोजनाको पानीबाट वञ्चित भएको भन्दै असन्तुष्टि जनाए ।
