लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाइने अभियान
सिद्धार्थनगर । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको सबैभन्दा परिचित अन्तरराष्ट्रिय पर्यटनस्थल हो । विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र भूमि हरेक वर्ष स्वदेशी तथा विदेशी गरी वार्षिक रूपमा करिब १५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् । ठूलो सङ्ख्यामा पर्यटक आउँदा पनि अधिकांशले लुम्बिनीमा एक रातसमेत बिताउँदैनन् ।
