मुस्ताङबाट २२ हजार केजी फोहोर सङ्कलन
मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहोरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो ।
