सरकारको वित्त नीतिलाई सघाउने मौद्रिक नीति आयो : पूर्वगभर्नर नेपाल
काठमाडाैं । मंगलवार अपराह्न आगामी आर्थिक वर्ष २०८३/८४ को लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गरे । विगतमा आर्थिक वर्ष शुरु भएपछि मात्र मौद्रिक नीति आउने एक खालको परम्परा जस्तै बनेकोमा पौडेल गभर्नरको रूपमा आएपछि आर्थिक वर्ष लाग्नु अगाडिनै मौद्रिक नीति ल्याउने नयाँ अभ्यास गरे ।
