SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०३:३७ AM · 1 मिनेट पढाइ

उत्तर–पश्चिम चीनको गान्सुमा पहिरोः १७ जनाको उद्धार, अन्यको खोजी जारी

एजेन्सी । चीनको उत्तर–पश्चिमी प्रान्त गान्सुमा मंगलवार गएको पहिरोमा परी केही व्यक्ति बेपत्ता भएका छन् । लोङ्नान सहरको तानछाङ काउन्टीस्थित नान्हे टाउनशिपमा भीषण पहिरो जाँदा ठूलो संख्यामा मानिसहरू पुरिएको आशंका गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार पहिरो बिहान करिव ६ः५६ बजे खसेको थियो ।