SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०३:४० AM · 1 मिनेट पढाइ

चीनको हुबेईमा भीषण आँधीबेहरीः ११ जनाको मृत्यु, एक बेपत्ता

एजेन्सी । मध्य चीनको हुबेई प्रान्तको पूर्वी क्षेत्रमा सोमवार राति आएको भीषण आँधीबेहरी र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ । विपत्तिमा परी एकजना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । सोमवार राति ७ देखि ११ बजेको बीचमा हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङ लगायतका क्षेत्रमा मेघगर्जनसहित शक्तिशाली हावाहुरी चलेको थियो ।