फ्रान्सेली राष्ट्रपति म्याक्रोँको सिरिया भ्रमणका क्रममा दमास्कसमा विस्फोट, १८ जना घाइते
एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको सिरिया भ्रमणका क्रममा राजधानी दमास्कसको मध्यभागमा मंगलवार भएका दुईवटा विस्फोटमा परी १८ जना घाइते भएका छन् । सिरियाली गृह मन्त्रालयकाअनुसार घाइते हुनेहरूमध्ये चार जना प्रहरी अधिकारी रहेका छन् । विस्फोट राजधानीको फोर सिजन्स होटल नजिकै रहेको पर्यटन मन्त्रालयको कार्यालय आसपास भएको जनाइएको छ ।
