युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा नाटो शिखर सम्मेलनमा संयुक्त ड्रोन उत्पादनको प्रश्ताव
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टर्कीको राजधानी अंकारामा आयोजित नाटो शिखर सम्मेलनका क्रममा साझेदार राष्ट्रहरूसँग उन्नत ड्रोनहरूको संयुक्त उत्पादनका लागि आह्वान गरेका छन् । नाटो शिखर सम्मेलन रक्षा उद्योग फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले ड्रोन डिल इनिसिएटिभको प्रश्ताव अघि सारेका हुन् ।
