बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण
कञ्चनपुर । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो ।
