SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

हेटौँडा । केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो । दिनभर काम गरे पनि आफ्नो नाममा आम्दानी भने थिएन । परिवारको खर्च धान्न श्रीमान्को कृषि आम्दानी भर पर्नुपथ्र्यो ।