SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०३:११ AM · 1 मिनेट पढाइ

इन्दिराको मूर्तिकारिताको माग उच्च

बागमती । चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित ‘डिभाइन आर्ट स्टुडियो’का सञ्चालिका इन्दिरा श्रेष्ठको मूर्तिकारिता यतिखेर अन्यका लागि पनि प्रेरक बनेको छ । बाल्यावस्थाबाटै आफ्नो मूर्तिकारिताप्रतिको रुचिलाई व्यावहारिक जीवनमा सशक्त प्रयोग गरिरहेकी उनले यसबीचमा धेरै सङ्ख्यामा मूर्तिहरू निर्माण गरिसकेकी छन् ।