आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ पालना गर्न निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ पालना गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनको मर्म र आर्थिक अनुशासन विपरीत काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्मम ढङ्गले कारबााही गरिने तथा कानुन बमोजिम सजायको भागिदार हुने प्रतिबद्धता व्यक्त गरे ।
