SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

विवादित टापुमा जापान-चीन तनाव

एजेन्सी । जापानले विवादित सेन्काकु टापुनजिक आफ्नो दाबीको समुद्री क्षेत्रमा प्रवेश गरेका दुई चिनियाँ तटरक्षक जहाजलाई बाहिरिन बाध्य पारेको जनाएको छ । जापानी तटरक्षकका अनुसार चिनियाँ जहाजहरू जापानी माछा मार्ने डुङ्गातर्फ अघि बढेपछि उनीहरूलाई तत्काल क्षेत्र छाड्न निर्देशन दिइएको थियो । पछिल्लो घटनाले पूर्वी चीन सागरमा जापान–चीनबीचको समुद्री तनाव फेरि चर्किएको छ ।