SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगका कार्यवाहक प्रमुख भण्डारीको चेतावनी– ‘कानून नबने चुनाव नै प्रभावित हुन सक्छ’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चालु बजेट अधिवेशनमै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन् । सोमबार निर्वाचन आयोगमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै उनले एकीकृत निर्वाचन कानून लामो समयदेखि संसदमा प्रस्तुत हुन नसक्दा निर्वाचन व्यवस्थापन थप जटिल बन्दै गएको बताएका हुन् ।