खामेनीको अन्त्येष्टि जारी रहेका बेला हर्मुजमा ट्यांकरमाथि प्रहार, तनाव चुलियो
दुबई । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक ट्यांकरमाथि प्रहार भएको छ । ओमानको तट नजिक यात्रा गरिरहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्यांकरमा मंगलबार बिहान प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ ।
