SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन । पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो ।