नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा स्वीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । चापागाईंले सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् । उनले पेस गरेको राजीनामा अर्थमन्त्रीले आजै स्वीकृत गरेका हुन् ।
