SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्य : सांसद थेबे

काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले सरकारको १०० दिनको कार्यकाल पूर्णतः असफल रहेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थेबेले सरकार जनउत्तरदायित्वबाट भागेको र संसदमा उठेका प्रश्नहरूको सामना गर्न डराएको आरोप लगाएका हुन् । सांसद थेबेले सरकारको कार्यशैलीलाई ‘परीक्षा नै बंक गरेको’ विद्यार्थीसँग तुलना गरे ।