सरकारको मूल्याङ्कन अब परिणामका आधारमा हुनुपर्छ : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अब सरकारले गरेका कामका आधारमा मात्रै मूल्याङ्कन हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार प्रतिनिधिसभाको विशेष समयमा व्यक्त गरेको धारणा सार्वजनिक गर्दै उनले सरकार गठन भएको सय दिनभन्दा बढी भइसकेकाले अब आश्वासन र प्रचार होइन, परिणाम र उपलब्धि हेर्ने समय आएको बताए ।
