४ अर्ब बजेटमाथि महावीर पुनको स्पष्टिकरण : ‘यो पैसा केही पनि होइन’
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान तथा प्रविधिको क्षेत्रमा सरकारले हालसम्मकै ठूलो ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । उनले कानुनी आधार तयार नभएसम्म विनियोजित रकम खर्च गर्न नसकिने स्पष्ट पारेका हुन् ।
