सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियो : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारको पहिलो १०० दिनको कार्यसम्पादन सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठन हुँदा जनतामा देखिएको आशा र विश्वास पछिल्लो सय दिनमा क्रमशः क्षयीकरण हुँदै गएको बताए ।
