SHARE
लोक पथ · सोमबार २२ असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

१११ केन्द्रीय सदस्य समायोजन र सदस्यता अद्यावधिक नगर्ने माग स्वीकार्य छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर समूहले उठाएका दुई प्रमुख माग पूरा गर्न नसकिने बताएका छन् । उनले १४औँ महाधिवेशनबाट निर्वाचित १११ केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समायोजन गर्ने र क्रियाशील सदस्यताको अद्यावधिक नगरी महाधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ताव कांग्रेसको विधानविपरीत भएकाले स्वीकार गर्न नसकिने स्पष्ट पारेका हुन् ।