बैतडीमा घर भत्किँदा तीन जना घाइते
बैतडी । स्थानीय मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
