कांग्रेसको इतर पक्षको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षको बैठक काठमाडौंको चुनदेवीस्थित कार्यालयमा जारी छ । नेता पूर्णबहादुर खड्काले छुट्टै कार्यालय स्थापना गरेर आफूनिकट नेताहरूको बैठक बोलाएका हुन् । बैठकमा खड्कासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र डा.प्रकाशशरण महत लगायतका नेताहरू सहभागी छन् ।
