SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले फेरि ल्यायो २० अर्ब रुपैयाँको ऋणपत्र

काठमाडौं । बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ शीर्षकमा उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो । यसका लागि आज (असार २२) दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल (अक्सन) हुनेछ ।