SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

‘यो कालो चश्मा र कालो गाडीमा हुइँकिनेहरूको मात्रै देश होइन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुकुमबासी र अव्यवस्थित बसोबासीमाथि भइरहेको व्यवहारप्रति सरकारको कडा आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साहलाई लक्षित गर्दै देश कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्रै नभएको टिप्पणी गरेका छन् ।