SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

नेप्सेका सिइओ चुडामणि चापागाईंले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा . स्वर्णिम वाग्ले समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। सरकारले उनलाई वि.सं. २०८१ साल चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।