आज दिउँसो र राति काठमाडौंसहित अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश सहरी क्षेत्रमा दिनभर बदली रही वर्षा हुने पूर्वानुमान छ ।
